काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले २०० विद्यार्थीलाई झोला वितरण गरेका छन् ।
आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका ६ शिशाघा स्थित महेन्द्र ज्योति माध्यामिक विद्यालयका विद्यार्थीलाई आफ्नै खर्चमा झोला वितरण गरेका छन्। विद्यार्थीलाई झोला वितरण गर्दै नेता पौडेलले गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने झोला वितरण गरेको बताए ।
शिक्षामा विकृति भित्रिएको बताउँदै उनले उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्ने र सामुदायिक विद्यालयमा विद्यार्थी धेरै हुँदा खुशी लागेको बताए। सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्नुपर्नेमा उनको जोड छ।
ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालय विद्यार्थी नपुगेर मर्ज गर्नुपर्ने अवस्थामा आइरहेकोले यस विद्यालयले भने विद्यार्थी सँगसँगै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकाले त्यस्ता सामुदायिक विद्यालयलाई राज्यले प्रोत्साहन गर्नुपर्नेंमा जोड दिए। नेता पौडेलले विद्यालयको भवन अभाव भएकाले चारकोठे भवन निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
