संसद्मा देउवा बोल्दा ईश्वर मुसुमुसु, झलनाथ गम्भिर (भिडियो सहित)

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडिओको छानविनबारे चासो व्यक्त राखेका छन्। देउवाले बोल्दै गर्दा सत्तारुढ दलका नेता ईश्वर पोख्रेल मुसुमुसु हाँसेका थिए भने झलनाथ खनाल गम्भिर मुद्रामा देखिएका थिए।

आइतबार देउवाले प्रतिनिधि सभा बैठकमा छानविन अगाडि नबढ्नुको नियत के हो भन्दै प्रश्न गरेका हुन् । अहिले सबैभन्दा बढी उठेको इस्यु सेक्युरेटी प्रेस प्रिन्टङ छ। सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सर्वजनिक भएको एकहप्ता पुगिसक्दा पनि गम्भीर छानविन नहुनुको पछाडि के नियत छ ? जो गम्भीर छ । सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर बोलेको सुनिन्छ। म सम्मानीय प्रधानमन्त्रीलाई के सोध्न चाहन्छु भने हामी भनेर कसलाई भनेका हुन् । हामीभित्र को–को पर्दछन् ? प्रष्ट गर्नु होस्। भन्दै प्रश्न राखेका हुन्।

Advertisement

सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको दाबी गरिएको अडिओ बाहिर आइसकेपछि छानविन नै नगरी प्रधानमन्त्रीले उक्त अडिओ नक्कली भनेर टिप्पणी गरेको देउवाको भनाइ छ। गोकर्ण रिर्सोट लिज प्रकरणबाट ध्यान मोड्ने प्रयत्न भइरहेको छ।

नेपाल टेलिकममा अरबौँ भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अरबमा सकेको काम नेपाल टेलिकमलाई १२ अरब कसरी लाग्यो ? म प्रधानमन्त्रीको मन्त्रिपरिषद बैठकबाट मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रस्टको जग्गा लिजमा दिने सम्बन्धी कुनै निर्णय भएको छैन, उनले भने ।

More News last news
Loading...