काठमाडौं । पुस्तकमा लगाएको कर, इन्धनमा गरिएको मुल्यवृद्धि र भ्रष्टाचार विरुद्ध नेबिसंघ जनज्योति क्याम्पस इकाई भिमादले आइतबार बिरोध र्याली निकालेको छ ।
जनज्योति क्याम्पसबाट शुरु भएको उक्त र्याली क्याम्पसरोड, बसपार्क, लखनचोक, रत्नचोक हुँदै कुमार चोकमा पुगि कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले पुस्तकमा लगाएको मुल्य वृद्धि फिर्ता गर, केक काट्न पाइन्छ देश काट्न पाइदैन, इन्धनको मुल्य बढाउन पाइदैन , निर्मलाको हत्यारालाइ सार्बजनिक गर, भ्रष्टाचारिलाई कारबाही गर, बहिरो सरकार मुर्दावाद , सरकारी हस्तक्षेप बन्द गर , न्यायको अधिकार सुनिश्चित गर लगायतका नारा लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेबिसंघ तनहुँका अध्यक्ष चुडामणि खनालले शिक्षाको मुलआधार पुस्तक मै कर लगाउनाले बिद्यार्थीहरुलाई पढाई लेखाइमा प्रत्येक्ष असर पर्ने बताए । उनले भने, ‘कर बढाएर देश बन्दैन , देशको चौतर्फी बिकासको लागि सुशासनको आबश्यक छ । बर्तमान सरकारले दोषीलाई कारबाही गर्नुको सट्टा ढाकछोप गरेको आरोप लगाए ।
नेपाली काङ्ग्रेस भिमादका सभापति आनन्ददेब श्रेष्ठले भारत सरकारले नेपाली भुमी भारतको नक्सामा समाबेश गर्दा समेत आवाज लुकाएर बसेको बताए । कोणसभालाई सम्बोधनगर्दै स्वतन्त्र बिद्यार्थी युनियन जन्ज्योती क्याम्पसका सभापति सुनिल श्रेष्ठ, तरुण नेता अरबिन्द श्रेष्ठ , नेबिसंघ जनज्योती क्याम्पस का अध्यक्ष बिनोद पराजुली लगायतले नेपाल विद्यार्थी संघ बिद्यार्थीको हकहितको लागि मात्र सिमित नभई अन्याय अत्याचार विरुद्ध सदैव आवाज उठाउन तयार रहने बताए ।
भानुभक्त बहुमुखी क्याम्पस इकाई द्वारा आयोजित बिरोध कार्यक्रममा तरुण दल शुक्लागण्डकीका सचिब ईश्वर श्रेष्ठ, ट्रेड युनियन काङ्ग्रेस शुक्लागण्डकीका अध्यक्ष नारायण प्रसाद पोख्रेल, नेबिसंघ जिल्ला सदस्य सुरज लम्साल, नेबिसंघ क्षेत्रीय सभापति मदन श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
