नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस (पत्रसहित)

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको एआईजी पदमा तीन जनाको बढुवा सिफारिस भएको छ।

गृह मन्त्रालयले रिक्त रहेको पदमा डीआईजीत्रस तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो।

Advertisement

मन्त्रालयका अनुसार लम्साल एक नम्बर, थापा दुई नम्बर र हरि पाल तेस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन्।

नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो। जसमा सूर्य उपाध्याय प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि प्रतिस्पर्धामा रहेका थिए।

लम्साल हालका आइजीपी ठाकुर ज्ञवालीका ब्याची हुन्। डिआइजीहरु कार्की, शाही र उपाध्याय पनि एआइजीको दावेदार भएपनि उनीहरु छुट्न पुगेका छन्। अबको ५ महिनापछि हाल बढुवा सिफारिस भएका मध्येबाटै एक जना आईजीपी बन्नेछन् ।

More News last news
Loading...