सीपी मैनाली गम्भिर दुर्घटनामा, हेलिकप्टरबाट काठमाडौं ल्याईँदै

बर्दिबास । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ। दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते हुनुभएको छ ।

झापाबाट महासचिव मैनाली, उहाँका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो।

Advertisement

महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । नेकपाका केन्द्रिय सदस्यका अनुसार घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ भने उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको बुझिइएको छ ।

More News last news
Loading...