काठमाडौँ । नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ । सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको बैठकमा संसद अवरुद्ध नगर्ने विषयमा समझदारी भएका हो ।
तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिईन् । काँग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ भने यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै आएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई काँग्रेसले जोडतोडले उठाउँदै आएको छ । यसविषयमा आइतबार छाया मन्त्रीपरिषद्मा छलफल भएअनुसार काँग्रेसले प्रतिपक्षमा रहेका अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।
बालुवाटार प्ररकणमा अख्तियारको भूमिकाबाट सशंकित बनेको काँग्रेसले अख्तियारको गतिविधि पनि नियालिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)