७० करोड कमिसन मागेको अडियो भाइरल भएसँगै मन्त्री बाँस्कोटाद्वारा राजीनामा 

काठमाडौं । गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त र्न माग गर्दै राष्ट्रियसभा अबरोध गरेसँगै ढिलो गरि सुरु भएको  प्रतिनिधि सभामा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामाको जानकारी गराएका हुन्।

Advertisement

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको  हाम्राकुरा डटकमले अडियोसहितको समाचार सार्बजनिक गरेसँगै एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेका थिए ।

 

More News last news
Loading...