सुनको मूल्यले तोड्यो रेकर्ड, कति पुग्यो ? 

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ।

गत पुस २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो। यसअघिका रेकर्डलाई तोड्दै आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको  हो। सोमबार पनि सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

Advertisement

अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँ पुगेको छ।

More News last news
Loading...