महरालाई संसद जान बाटो खुल्यो, पहिलो लहरमै पाउने भए सिट

काठमाडौं । बलात्कार अभियोगमा थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महरा अब संसद जान पाउने भएका छन् ।

सभामुख अग्नि सापकोटाले महरा थुनामुक्त भएको जानकारी प्रतिनिधि सभा बैठकमा गराएसँगै उनलाई संसद बैठकमा सहभागि हुन पाउने भएका हुन् । बलात्कार अभियोगमा जेलमा रहेका कारण उनको सांसदको हैसियत खोसिएको थियो भने उनको सेवा सुविधा स्थगित भएको थियो।

Advertisement

महराले सोमबार काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए। महरालाई थुनामुक्त गर्न अदालतले सोमबार नै कारागारमा पत्र पठाएको थियो। महराले सोही सफाइ पाएको व्यहोरा सहितको पत्र संसद सचिवालयमा पठाएका हुन्। सोही पत्रको आधारमा उनको सांसदको हैसियत पुर्नबहाली गरिएको हो।

संसद सचिवालयमै कार्यरत एक कर्मचारीको बलात्कार अभियोगमा महराले १ सय ३ दिन थुनामा परेका थिए। उनले अभियोगपछि सभामुख पदबाट राजीनामा दिएका थिए । तर सांसद पदबाट राजीनामा दिएका थिएनन् ।

उनी दाङबाट निर्वाचित नेकपाका सांसद हुन्। महराको निलम्बन हटेसँगै उनी अब संसद बैठकमा सहभागि हुन पाउनेछन्। महराले पूर्व सभामुखको हैसियतमा प्रतिनिधि सभाको पहिलो लहरमा सिट पाउनेछन् ।

More News last news
Loading...