संसदमा गगनको गर्जन : स्वस्थानी सुनाउँदै अख्तियारको आलोचना

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा बैठकमा बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै स्वस्थानी व्रत कथा सुनाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनलाई उन्मुक्ति दिएको भन्दै कांग्रेस सांसद गगन थापाले स्वस्थानी शैलीमा आलोचना गरेका हुन् ।

Advertisement

थापाले भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि, अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू।’ श्लोक शैलामा थापाले अगाडि भने, ‘चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नु र दुई पटक विष्णु विष्णु भन्नु, त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु।

इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय।’ मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद थापाले एक सय ७५ जनालाई मुद्दा चलाए पनि पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिएको छ। उनीहरुले जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा नचलाएको आयोगको दाबी गर्दै आएको छ ।

More News last news
Loading...