काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपाले घोषणापत्रमा उल्लेख गरेका कुराहरु नै बिर्सिएको आरोप लगाएको छ ।
नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष अवधिको समीक्षा तीन मिनेटमै भिडियो समीक्षा गर्दै यस्तो बताएका हुन् । उनले जारी गरेको भिडियोमा दुईवर्षमा सरकार कामचलाउ भएको, हस्तक्षेपकारी, अलमलको भएको टिप्पणी गरिएको छ ।
उनले सरकार अधिनायकवाद उन्मुख भएको उल्लेख गरेका छन् । उनले भिडियोको सुरुमा सरकारलाई दुई वर्ष पूरा गरेकोमा बधाई दिएका छन् । लगत्तै उनी प्रश्न गर्छन्, ‘तर जनताको बधाइ प्राप्त गर्ने गरी काम के के भए त ?’
प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धिबारे संसदमा लामै फेहरिस्त सुनाएको चर्चा गर्दै उनले भिडियोमा नेकपाको चुनावी घोषणापत्रमा उल्लेखित दुई वर्षे योजना कति पूरा भए भन्नेबारे लेखाजोखा गरेका छन् ।
तीन मिनेटमा गरेको टिप्पणी भिडियोमा हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
