काठमाडौं । जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।
जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहेका महरा अब रिहा हुने छन् । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा थिए ।
महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।
प्रहरीले महरालाई गएको असोज १९ गते पक्राउ गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
