कांग्रेसद्धारा तेश्रो पटक संसद बैठक अवरोध

काठमाडौँ । उपसभापति विजयकुमार गच्छदारलाई नियतवश भ्रष्टाचार मुद्दामा फसाइएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तेस्रो पटक पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

सडक र सदन दुवैतर्फ आन्दोलित कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रकरणमा गत बुधबार गच्छेदारसहित १७५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएपछि कांग्रेस आन्दोलित छ ।

Advertisement

सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्ने बित्तिकै कांग्रेसका सांसद उभिएर विरोध जनाउँदे बैठक चल्न नदिएका हुन् । यसअघि दुई पटक कांग्रेसका एक एकजना सांसदलाई बोल्न दिएका थिए । तर आज यसअघि नै सबै कुरा सुनिसकेको जनाउँदै सभामुख सापकोटाले बोल्ने अनुमति दिएनन् ।  कांग्रेको अवरोधपछि प्रतिनिधि सभाको बैठक माघ २८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

More News last news
Loading...