काठमाडौं । चैत २८ गतेलाई रिलिज डेट तोकिएको ‘प्रेमगीत ३’ को पहिलो गीत हात्ती ढुंगा’ बोलको गीत सार्बजनिक गरिएको छ ।
मनाङको पृष्ठभुमिमा छायाकंन गरिएको गीतमा चलचित्रका प्रमुख पात्र प्रदिप खड्का र क्रिष्टिना गुरुङसहितका कलाकारहरुलाई देख्न सकिन्छ । गीतमा आफूले माया गर्ने आफ्नी प्रेमिकाको नाम खोपेको बिषय उठान गरिएको छ । कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् ।
हर्क बहादुर साउदको शब्द रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभ स्टोरी पर्दामा उतारेको निर्माण पक्षको दाबी छ । चलचित्रमा प्रदीप र क्रिष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको पनि अभिनय देख्न पाइनेछ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
