काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले आगामी जिल्ला अधिवेशन २८ माघमा गर्ने निर्णय गरेको छ ।
सोमबार अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको शाखाको बैठकले आगामी अधिवेशन २८ माघमा गर्ने निर्णय गरेको सचिव महेश गौतमले जानकारी दिए ।
युनियनको केन्द्रिय समितिले नै जिल्ला अधिवेशन बाँकी रहेका शाखाहरुलाई माघ भित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशन पछि बाँकी रहेका जिल्लाहरुमा धमाधम अधिवेशन मिति तोकिएको छ ।
अधिवेशनका लागि डेमोक्रोटिक लयर्स एसोसिएसन (डिएलए) का काठमाडौं अध्यक्ष प्रकाश रावलको संयोजकत्वमा निर्वाचन समिति समेत बनाइएको छ ।
समितिमा अधिवक्ता रविन्द्रमानसिंह प्रधान र रञ्जिता कार्की सदस्य छन । युनियनको केन्द्रीय महाधिवेशन भने आगामी २१ र २२ चैतमा नेपालगंजमा हुँदैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
