कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित

काठमाडौँ । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । उक्त भाइरसबाट चीन बाहिर आइतबार फिलिपिन्समा एक जनाको ज्यान गएको छ।

आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै चाईना डेलीले जनाएको छ । आइतबार बिहानसम्म कोरोना भाइरसबाट ३ सय ४ जनाको ज्यान गएको थियो।

Advertisement

उक्त समाचारका अनुसार अइतबार थप ३ हजार संक्रमित थपिएसँगै अब चीनमा कोरोना भइरसबाट संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ । चीनभन्दा बाहिर २४ देशमा १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ।

यसैबीच कोरोनाभाइरसको महामारी फैलिएको चीनको वुहानमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले पहल गरेको छ।

शनिबार बेइजिङस्थित नेपाली दूतावासले चीनस्थित कोरोनाभाइरस अतिप्रभावित हुबे प्रान्तमा रहेका नेपालीहरूको उद्धारका लागि प्रक्रिया अघि बढाएको थियो।

उद्धार गरेर ल्याउन लागिएका नेपाली नागरिकहरुलाई विशेष निगरानीमा राख्न स्वास्थ्य मन्त्रालयले विभिन्न स्थानलाई विकल्पका रूपमा अघि सारेको छ।

स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई आइतबार बिहानसम्म आवेदन भर्न समय तोकिएकोमा १८० जनाले नाम दर्ता गरेको नेपाली दूतावासलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आवेदकहरूलाई लिन नेपाल वायुसेवा निगमको विशेष विमान पठाउने सरकारको योजना छ।

More News last news
Loading...