पोखरा । गण्डकी प्रदेशमा ड्याटसन कम्पनीको युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल दिने व्यवस्था बिहीबारदेखि सुरु भएको छ ।
सनराइज ड्राइभिङ स्कुलअन्तर्गत कुसुम सप्लायर्स र यातायात व्यवस्था कार्यालय गण्डकीको सहकार्यमा नयाँ व्यवस्थापनमा ट्रायल सुरु भएको हो।
यसअघि कारको सवारीचालक अनुमतिपत्र लिन ३ सय रुपैयाँ लाग्नेमा नयाँ व्यवस्थापनसँगै २४ रुपैयाँमै ट्रायल दिन पाइनेछ ।
सवारीचालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्ले, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायब उपरीक्षक टेकबहादुर कार्की, सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष वसन्त भट्टचन र दीपक गुरुङले संयुक्त रुपमा नयाँ व्यवस्थापन सहितको ट्रायल दिने गाडीको रिबन काटेर उद्घाटन गरेका हुन् ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्लेले नयाँ मोडलका गाडीले ट्रायल दिँदा केही समय पास हुने, रिजल्ट राम्रो नआए पनि दीर्घकालीन रुपमा राम्रो प्रभाव पर्ने बताए।
‘गण्डकीभित्र कारको सवारीचालक अनुमतिपत्र लिन अबदेखि ड्याटसन २०१९ मोडेलकै गाडी सम्झौता भएको र यही गाडीमै ट्रायल हुनेछ । पुराना मोडेलका गाडीमा अबदेखि ट्रायल हुने छैन,’ उनले भने। नयाँ गाडीबाट सक्षम भएर लाइसेन्स लिन सक्ने जनशक्ति तयार पार्नुपर्ने अहिलेको आवश्यकता भएको बताए।
सनराइज ड्राइभिङ स्कुल सञ्चालक लेखनाथ सुवेदीका अनुसार ट्रायलमा नयाँ मोडेलका गाडीहरु सुरु भएसँगै परीक्षार्थीले घुमाउँरो पाराबाट लाइसेन्स लिन नलागी आफैं सक्षम भएर लाइसेन्स लिने सक्ने छन्।
सनराइज ड्राइभिङ स्कुलको रंगशाला गेटअघि, फूलबारी, बिरौटा शाखामा ट्रायल दिने मोडेलकै नयाँ गाडीहरु उपलब्ध रहेको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
