कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ

काठमाडौँ । नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ।

अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो।

Advertisement

नवनिर्मित सेन्टरको शुभारम्भ कार्यक्रममा प्रदेशसभा सदस्य केशव पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।

उनले तीनवटै सरकारको उच्च प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र परेको बताउँदै निजी क्षेत्रमा सञ्चालित अस्पतालले समेत गरिब जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पछिल्लो समय कोरोना भाइरसले भयावह रूप लिँदै गएको बताउँदै उक्त रोगको उपचारका लागि अस्पताल तम्तयार अवस्थामा बस्नुपर्ने बताए ।

अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताए । अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको बताउँदै बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको बताए ।

वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले नेपालमा बर्सेनि बाथरोगका बिरामी बढ्दै गएकाले यसको उपचारका लागि उक्त सेन्टर स्थापना गर्नुपरेको बताए ।

पाँच वर्ष पहिला स्थापना भएको अस्पतालले केही महिना अघिमात्र टेलिमेडिसिन सेवाको समेत शुभारम्भ गरेर दुर्गम क्षेत्रका बिरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ।

More News last news
Loading...