प्रदेश नं ५ का बिपक्षी दलका नेता बलदेव शर्माको निधन

रुपन्देही । प्रदेश नम्बर ५ का विपक्षी दल (नेपाली कांग्रेसका) संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो आफ्नै निवास रुपन्देहीको तिलोत्तमा १४ टिकुलीगढमा निधन भएको हो । गएको वर्ष माघमा छातीमा संक्रमण देखिएपछि काठमाण्डौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा फोक्सोको क्यान्सर देखिएको थियो ।

Advertisement

त्यसपछि विभिन्न असपतालमा उपचार गराएको भए पनि क्यान्सर निको हुन सकेन । बरु क्यान्सरका संक्रमण शरीरका अन्य अङ्गमा पनि फैलिन गयो । प्रदेशसभाकै ज्येष्ठ सदस्य रहेका स्वर्गीय पोखरेल नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेका थिए ।

१९९४ साल माघ १९ गते प्युठानको तुसारामा जन्मनु भएका पोखरेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीतिक यात्रा थालेका थिए । स्वर्गीय पोखरेलका ४ छोरा २ छोरी र श्रीमती हुनुहुन्छ ।

More News last news
Loading...