काठमाडौं । सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको हो ।
आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ । सो बैठकले औपचारिक रुपमा सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । ज्येष्ठ सदस्यका हैसियतले महन्थ ठाकुरले अहिले ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिँदैछन् ।
ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने छ । गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख विहीन प्रतिनिधिसभामा नेकपाले अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ । अरु दलले भने सभामुखमा उमेदवारीबारे निर्णय गरिसकेका छैनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
