उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिईन् पदबाट राजीनामा

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् ।

Advertisement

उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरिन् ।

अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्ने छन्।  सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ।

More News last news
Loading...