काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट उम्मेदवार उठाउने तयारी गरेको छ ।
सोमबार बस्ने संसद बैठकले रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरू गर्ने भएपछि कांग्रेसले आफ्ना तर्फबाट पनि उम्मेदवारी दिन लागेको हो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने सचिवालय बैठकबाट निर्णय गरेपछि कांग्रेसले पनि आफ्नातर्फबाट उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाल गौतमलाई उठाउने गृहकार्य सुरू गरेको छ।
नेकपाले व्यक्ति हत्याका आरोपीका रूपमा सर्वोच्चमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख उम्मेदवार बनाएको भन्दै कांग्रेसले उम्मेवारी दिन लागेको हो। यसअघि कृष्णबहादुर महरा सभामुख उठ्दा कांग्रेसले उम्मेदवारी दिएको थिएन।
केन्द्रीय सदस्यसमेत रहेकी भुषाल नेपाली कांग्रेसकी सचेतक हुन्। राजनीतिमा लाग्नुअघि उनी १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाउँथिन्।
उनी कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि पदअनुसार पात्र छनौट नभए सभामुख पदको गरिमा नै धरापमा पर्ने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
