रुसमा एकसाथ २५ कार दुर्घटना

मस्को । रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन्। दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।

देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

Advertisement

कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्।

More News last news
Loading...