प्रहरी जवान श्रेष्ठले दिइन् गायिका आस्था राउतविरुद्ध उजुरी

काठमाडौँ । गायिका आस्था राउतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालबाट प्रहरीलाई गाली गरेकी राउतले सो भिडियो केही समयपछि हटाएकी थिइन्। राउतले फेसबुकमार्फत नै लाइभमा आफ्नो बचाउ गरेकी थिइन्।

Advertisement

चेकजाँचको क्रममा गायिका राउतले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र व्यवहार गरेकी भन्दै जवान श्रेष्ठले उजुरी दिएकी हुन् । श्रेष्ठको उजुरी विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

More News last news
Loading...