आज र भोली देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

काठमाडौं । आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ । ।आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ ।

Advertisement

शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

More News last news
Loading...