आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग
मिति २०७६ साल पुस २५ गते शुक्रबार, इस २०२० जनवरी १०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। पूर्णिमा, २५ः१५ उप्रान्त प्रतिपदा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायबाट खासै आम्दानी हुनेछैन भने लगानी गर्नको लागी केहि समय पर्खनुनै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुदा अरु भन्दा पछि परिनेछ।

Advertisement

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ। कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशसमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैयापैसा कमाउन सक्नेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा धोका हुनेछ भने पति पत्निसँग मनमुटाब बढ्न सक्छ । आस्वासन दिनेहरुले फसाउँन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ ।

More News last news
Loading...