काठमाडौं । पश्चिमी वायुको प्रभावले मंगलबारदेखि वर्षा भइरहेको मौसममा बिहिबार दिउँसोदेखि क्रमशः सुधार हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी भेगमा हल्का वर्षा भए पनि आज दिउँसोदेखि पश्चिमी वायु कमजोर हुँदै जानेछ। दिउँसोदेखि पश्चिमी वायु कमजोर भएर आकाश खुल्दै जाने र काठमाडौंमा पनि घाम लाग्ने मौसम बिद्हरुले जनाएका छन् ।
शुक्रबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
शनिबार पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौससफा रहने मौसम पूर्वानुमान महाशाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २४ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
पौष २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २६ गते (शनिबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
