काठमाडौं । फुटबलर सन्तोष साहुखलले सहित स्मारक ए डिभिजन लिगमा सय गोल पूरा गरेका छन् । यो सँगै सन्तोष सहिद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
३४ वर्षीय सन्तोषले बुधबार दशरथ रंगशालामा नेपाल पुलिस विरुद्ध गोल गर्दै सय गोल पूरा गरेका हुन् । उनले १८ औं मिनेटमा गोल गरेका थिए । जारी सिजन च्यासलबाट खेलेका सन्तोषले सुरुवाती दुुई खेलमा तीन गोल गर्दै ९९ गोल पुर्याएका थिए ।
त्यसपछिका दुई खेलमा गोल गर्न नसक्दा निराश देखिएका सन्तोषले पाँचौं खेलमा आएर गोल गरेका हुन् । यससँगै यस सिजन उनले पाँच खेलबाट चार गोल गरेका छन् ।
उनी अहिले च्यासल फुटबल क्लबका कप्तान समेत हुन्। यसअघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए। जापानमा बस्दै आएका सन्तोषलाई लिगमा सय गोल पुर्याउन पाँच बर्षनै पर्खनुपर्यो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
