काठमाडौं । बिभिन्न राष्ट्रवादी चलचित्रहरुको निर्माण गर्दै आएका नायक नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका छन् ।
दाङमा आयोजित नायक खड्का ‘बुद्ध सरयू चलचित्र महोत्सवमा ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका हुन् । कार्यक्रममा प्रदेश–५ का सभामुख पूर्ण ब. घर्ती, माननीय सांसद दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी र ईन्द्र जित थारू लगायतले उनलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।
कार्यक्रममा खड्कासँगै निर्देशक नवीन सुब्बा, निर्देशक र निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी लगायत सम्मानित भएका थिए। नायक खड्काले राष्ट्रवादी बिषयमा दशगजा, भीमदत्त लगायतका चलचित्र निर्माण गरेका छन् ।
दाङका बिभिन्न पक्षहरुको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना मंगलबारबाट सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
