इरान । राजधानी तेहरानस्थित इमान खुमेनी विमान स्थल नजिकै भएको विमान दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ।
इरानको सरकारी टेलिभिजनले विमानमा सवार १७६ यात्रुको मृत्यु भएको जनाएको छ। तर यसको आधिकारीक पुष्टी भने भएको छैन्।
यसअघिको मिडिया रिर्पोट अनुसार विमानमा १८० यात्रु सवार भनिएको थियो।
तेहरानबाट युक्रेनतर्फ उडान भरेको केही मिनेटमै प्राविधिक समस्या देखिएपछि बुधबार बिहान बोइङ ७३७ विमान दुर्घटना भएको थियो।
बिहान खस्दै गरेको भिडियो सार्वजनिक भएको छ। मिसाइल प्रहारपछि सृजित तनावकै बीच युक्रेन इन्टरनेशनल एअरलाइन्सको विमान तेहरानस्थित इमाम खुमैनी विमानस्थल नजिक दुर्घटना भएको हो।
प्राविधिक समस्याका कारण उडान भर्नासाथ विमान दुर्घटना भएको समाचारमा जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
