तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरमाथि वडाअध्यक्षबाटै हातपातको प्रयास भएको छ।
आज कार्यपालिकाको बैठक चलिरहेका बेला शुक्लागण्डकी–७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापाले नगरपालिकाका मेयर किसान गुरुङमाथि हातपातको प्रयास गरेका हुन्।
योजनाका विषयमा सामान्य विवाद हुँदा मेयर गुरुङमाथि वडाअध्यक्षले हातपातको प्रयास गरेको भएपनि उनलाई उपमेयर सबिता रसाइलीले छेकेकी थिइन्। उपमेयरले छेकेका कारण उनीमाथि हातपात भने हुन नपाएको नाम नखुलाउने सर्तमा अर्का वडा अध्यक्षले नयाँ पुस्तालाई जानकारी दिए।
यस विषयमा बुझ्न खोज्दा नगरपालिकाका प्रवत्ता खिम बहादुर कुमालले कार्यपालिका बैठकमा सामान्य विवाद भएको र अहिले समाधानको प्रयास भइरहेको बताए।
उनले भने, ‘एजेण्डाका विषयमा सामान्य विवाद भएको हो, अहिले सोही विषयमा छलफल भइरहेको छ। थप विषयमा पछि कुरा गरौँला ।’
थापा तत्कालिन एमालेबाट शुक्लागण्डकी–७ को वडाअध्यक्षमा विजयी भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
