बिहीबार राति कास्कीमा भूकम्पको धक्का, घाचोक केन्द्रबिन्दु

रिजन नेपाल

पोखरा । कास्कीको घाचोकलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति ३ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ९ बजेर ५९ मिनेटमा सो रेक्टर स्केलको भूकम्पको धक्का कास्की लगायत छिमेकी जिल्लामा धक्का महसुस गरिएको थियो ।

सो भूकम्प २०७२ सालमा गोरखाको वारपाकलाई केन्द्रबिन्दुर बनाएर गएको भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अधिकारीले जनाएका छन् ।

रातिको समयमा अधिकांश मानिस सुतिसकेको अवस्थामा रहँदा भूकम्पको ठूलै धक्का महसुस भएपछि केही घर बाहिर निस्केका थिए ।

केन्द्रबिन्दु भनिएको घाचोकमा स्थानीयले ठूलो धम्का महसुस भएको र घरहरु हल्लिएको माछापुच्छ«े गाउँपालिका वडा ३ का अध्यक्ष सूर्यप्रसाद लम्सालले बताए ।

More News last news
Loading...