फाल्गुनन्द । मलेसियामा एक नेपाली सुतेकै ठाउँमा मृत फेला परेका छन्।
रोजगारका लागि मलेसिया पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमिडाँडाका हेमलाल दुलाल सुतैको ठाँउमा मृत फेला परेका हुन्।
तीन महिनाअघि मलेसिया पुगेका दुलाल बुधबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको पारिवारीक स्रोतले जनाएको छ।
यसअघि पनि पटकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गत असोज १६ गते मलेसिया पुगेका थिए। उनको मृत्युको कारण भने खुलेको छैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
