विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृकाप्रसाद कोइरालालाई इ.सं. १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजीक रहेका थिए । इ.सं. १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले इ.सं. १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।
वीपीको विवाह
वीपीको विवाह पनि साधारण रूपमा भएको थियो । उनले झापाका बडाहाकिम कमलप्रादकी छोरी शुशीलासँग, विवाह गरेका थिए । विवाह गर्दा पनि वीपीको आर्थिक अवस्था निकै कमजोड थियो। उनका साथी देवेन्द्रसँग चारपाँचसय रुपियाँ लिएर विवाह सुसम्पन्न गरे । वीपीको विवाहमा आमा बाबु दुवैको उपस्थिति थिएन । दाम्पत्व जीवन पनि सुखमय रह्यो । उनीबाट तीन छोरा र दुई छोरी जन्मे । छोरहरूमा प्रकाश, श्रीहर्ष र शशाङ्क हुन् भने छोरी एकको मृत्यु भएको र एक छोरी जीवित रहिन् ।
वीपीको राजनीतिक जीवन
वीपीको राजनीतिको थालनी पनि रहस्यमय छ । उनी सर्बप्रथम आतङ्कवादमा देखिए । उनलाई वेतियामा भएको हत्या हिंसा र डकैतीको केशमा चारमहिना (१९३०) थुनामा बस्नु पर्यो । मोतीहारीको डकैतीको केशमा पनि नाम मुच्छिएको थियो तर त्यसमा यिनको सहभागिता थिएन र सफाइ पाए । यिनको राजनीति प्रभाव सर्बप्रथम माक्र्सवादमा परेको थियो । उनी बम्बै पनि गएका थिए र उनले माक्र्सवादका कृतिहरूको अध्ययन पनि गरेका थिए । कृष्णप्रसाद काँग्रेसी संस्थामा आवद्ध थिए ।
राजनीतिमा पनि कृष्णप्रसादको छाप वीपीमा परेको थियो । पटनामा बस्दा यिनले नरेन्द्र, लोहिया र जेपीजस्ता भारतीय नेताहरूको सम्पर्क भयो । पछि यिनीहरूसँको सम्पर्कले गर्दा वीपी पार्टीमा पनि आवद्ध भएका थिए । भारतमा जब अंग्रेजलाई भारत छोड भन्ने आन्दोलन भयो । त्यस समयमा वीपी धेरै पटक जेल पनि गए । अंग्रेजले भारत छाड्नै पर्यो । भारत स्वतन्त्र भयो । भारतीय आन्दोलनको प्रभाव क्षिमेकी देशमा पनि परेको थियो । नेपालमा पनि राणाले गरेको अत्यचारबाट नेपाली जनता मुक्त हुन चाहान्थे । जन चाहनालाई बुझ्दा साहित्यकार तथा लेखकको यस्ता बेलामा चुपलागेर बस्ने अवस्था थिएन । धरणी धरले ‘नैवेद्य’ लेखे, कृष्णलाल अधिकारीको ‘मकै खेती’,जस्ता कृतिको जन्म पनि भयो ।
कृष्णलाल अधिकारीले ‘मकै खेती’लेखेकोमा सरकारले जेल चलान गर्यो र उनको जेलमै मृत्यु भयो । यी मात्र नभएर यी भन्दा पनि पहिला राणा धपाऊ भन्ने अभियान नभएको हैन तर यिनलाई राणाहरूले निर्मम तरिकाले दबाएका थिए । १९९३ साल जेठ २२ गते नेपाली जनताले मुक्तिको लागि प्रजापरिषद नामक संस्था खोले । यस माथि पनि राणाहरूको कडा निगरानी थियो । यो मर्म वीपीलाई थाहा थियो । उनले संगठनको महसूस गरेर पटनाबाट निस्कने पत्रिका ‘सर्चलाइट’ नेपालमा प्रजातन्त्र ल्याउनको लागि इच्छुक व्याक्ति मेरो सम्पर्कमा आउनु भनि समचार छपाउने काम गरे । यो समचारले इच्छुक नेपालीहरू वीपीको नजिक आउन थाले । वनारसमा तदर्थ समिति खोल्ने तय भयो । सुब्बा देवीप्रसादको अध्यक्षतामा उपाध्यक्ष बालचन्द्र शर्मा र वीपी संयोजक रहने गरी तदर्थ समिति गठन गरियो ।
भारतमा, नेपालमा प्रजातन्त्र ल्याउनको लागि एउटा संस्थाको, जन्म भयो । यो तदर्थ समितिले भारतका कुना काप्चामा रहेका नेपालीहरूलाई यो संंदेश दिदै भेटने काम पनि भयो । यसै समयमा गणेशमानजीको र वीपीको भेटवार्ताहरू पनि भए । यो तदर्थ समितिले कलकत्ताको भवानीपुरमा बृहत सभाको आयोजना गरेर सञ्चालक समितिको चयन गर्ने काम भयो । १३ सदस्य रहेको समितिको सभापति ट्रकप्रसाद आचार्यले सम्हालेका थिए । राष्ट्रिय कांग्रेस भनेर पार्टीको नामाकरण गरियो । नेपालमा मजदुर आन्दोलन पनि भयो । यस आन्दोलनमा पनि वीपी गिरफ्तार हुनुभयो । एकातिर देशको आन्दोलनलाई अगाडी बढाउनु थियो भने अर्कोतिर पार्टीमा पनि तनाव थियो । पार्टी पनि विभाजित भयो । वीपीले एक पार्टीको नेतृत्व लिनु भयो भने अर्को पार्टीको नेतृत्व डिल्लीरमण रेग्मीले । देशमा प्रधानमन्त्री बन्ने होडमा रहेका राणाहरूमा पनि पदृम शम्शेरले मन्त्रीपद त्यागे र मोहन शम्शेर प्रधानमन्त्री भए । एक त राणाहरू ए, बी, सी, बर्गमा विभाजित थिए । सुवर्ण शम्शेरलाई जुद्धशम्शेरले निकालेका थिए ।
सुवर्ण शम्शेरले नेपाल प्रजातन्त्र काँग्रेसको संस्थापकको रूपमा नेतृत्व लिए । मोहन शम्शेरले पार्टीहरूलाई प्रतिबन्ध लगाए । वीपी पार्टी सुधिरीकरणको लागि भूमिगत रूपमा नेपाल आएका थिए तर पक्रिए र जेलमा राखिए । यहाँ पनि वीपीले अनसनमा बस्नुपर्यो । रिहाइ भएपछि ,देशमा प्रजातन्त्र बहाली गर्न संघर्ष विना सम्भव नहुने देखेर वीपीले संघर्षको लागि आवाहन गरे । वि. सं २००७ सालमा दिल्लीमा सम्झौता भयो र प्रजातान्त्रिक सरकारको गठन भइ मोहन शम्शेरको प्रधान मन्त्रीत्वमा वीपी गृह्य मन्त्री बन्नुभयो । यो मन्त्रीमण्डल त्यति टिकाउ हुन सकेन । २००८ सालमा मातृकाप्रसाद प्रधान मन्त्री भए । मातृका र वीपीमा मनोमालिन्यता बढ्न थाल्यो । मातृका दरवारतिर ढल्किए र अलग्गै पार्टी खोले नेकाकौ छैटौं महाधिवेशनमा वीपीले चाहेको समाजवादी अर्थनीति लागुभयो । वि.सं २०११ चैत्र १ गते राजा त्रिभूवनको स्वर्गारोहण भयो ।
महेन्द्र राजा बनेपछि संविधान सभा नगराउने छाँट देखियो । वीपीले संविधान सभाको चुनाउ चाहादा चाहादै पनि राजाले प्रधान मन्त्री परिवर्तन गर्दै संसदीय चुनावको घोषण गरे । वी।पीले परिस्थितिलाई अध्ययन गर्दै चुनावलाई स्वीकारे । चुनाव भयो । नेकांले बहुमत ल्यायो र वीपी प्रधानमन्त्री भए । नेकांको सरकारलाई पतन गरउनको लागि ठूलो षडयन्त्र भइरहेको थियो । २०१७साल पौष १ गते तरुणदलको उद्घाटन भाषण गर्दा गर्दै वीपी लगायतका नेताहरूलाई गिरफ्तार गरियो । पार्टीहरूमा प्रतिबन्ध लगाइयो । अन्तराष्ट्रको दवावलाई पनि महेन्द्रले सुनेन् । राजबन्दीलाई पत्रपत्रिका पढ्न पाउने छुट हुनुपर्यो राजबन्दी सँगै बस्न पाउने, खेल खेल्ने व्यवस्था, भेट्न आउनेले भेट गर्न पाउने पर्ने सुविधा, न्याय पाउनको लागि अदालत जान पाउने सुविधा केही नभएकोले वीपीले यी सुविधाको लागि अनसन बसे । न्यायलयमा जान पाउने सुविधा भने सरकारले दिएन तर अरु माग राज्यले प्रदान गर्यो । यसरी सुन्दरी जल जेलमा आठ बर्ष बस्दा वीपी बिमारी पर्नुभयो ।
उपचारको लागि वि.सं २०२५ साल कार्तिक महिनामा रिहा हुनुभयो । भारतमा उपचार गराएर पुन वीपी नेपाल आउनुभयो तर भारतमा उपचारले मात्र नहुने भए पछि वीपीले युरोप जाने राहदानी माग गर्नुभयो तर त्यो नेपाल सरकारले दिएन र भारतैबाट राहदानी मिलाएर युरोपमा गएर उपचार गराएर फर्कनुभयो । देशमा प्रजातन्त्र पुनर्वहाली गर्न सशस्त्र क्रान्तिको महसूस गरेर वीपीको नेतृत्वमा सशस्त्र क्रान्ति भयो तर क्रान्ति सफल हुन सकेन । वीपी भारतमा रहन पनि, इन्दिरा गान्धीको विस्तारवादी नीतिले गर्दा, कठीन भयो । देश नै नरहने हो कि भन्ने आशंकाले गर्दा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गते नेपाल फर्कनुभयो । नेपाल फर्कने क्रममा वीपीलाई देशद्रोह र राजद्रोहका मुद्दा चलाइयो ।
पञ्चहरू कुर्ले, फाँसीको सजाएको माग गरियो । तर २०३४ सालम राजा वीरेन्द्रले उपचारको लागि अमेरिका जाने र सरकारी खर्चमा उपचार गराउने भन्दै रिहा गरियो । वीपीले उपचार गराएर भारत हुँदै नेपाल फर्कनुभयो। जेलमा रहँदा होस् तथा बाहिर जाँदा होस् वीपीको चिन्तन देशमा प्रजात र समाजवादको स्थापनाको लागि संघर्षरत रह्यो। सिडनीमा भएको समाजवादको सम्मेलनमा पनि वीपी सहभागी हुनुभयो र समाजवादकै लागि ओकालत गर्नुभयो। २०३६सालमा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत वा बहुदल रोज्ने भनेर जनमत सङ्ग्रहको घोषण गरियो । जनमतसङ्ग्रहमा पनि नेपाली जनताको चाहना पुरा हुन पाएन । बाजी पञ्चहरुले नै मारे । २०३८ वैशाखमा सुधारिएको संविधान अनुसार चुनाव हुने भयो। एवम् रीतले वीपीको सारा जीवन संघर्षरत नै रह्यो । देश काल परिस्थिति बुझेर देशलाई प्रजातन्त्र र समाजवादमा लाने वीपीको जुन अठोठता थियो त्यो भने उनको जीवनकालमा पुरा हुन सकेन तर भाइ गिरिजा प्रसाद कोइरालको नेतृत्वमा नेपालमा गणतन्त्र नै बहाली भयो । यसको संरक्षण र सम्बद्र्धन गर्ने काम अब हाम्रो काँधमा आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
