नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमाथि डोजर चल्यो

बीरगञ्ज । बीरगञ्जमा सडक विस्तारका क्रममा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमाथि डोजर चलेको छ । डोजरले पाइपलाइनमा क्षति पुरयाए पनि गम्भीर दुर्घटना हुनबाट भने जोगिएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चोक भन्दा ५ सय मिटर पर रहेको वयोधा हस्पिटल अगाडि सडक विस्तारका लागि मंगलबार माटो खन्ने क्रममा डोजरले पाइपलाइनमा क्षति पुर्याएको हो ।

मंगलबार डोजरले माटो खन्ने क्रममा सडक सतहभन्दा डेढ मिटर गहिराइमा विच्छ्याइएको करिब २ मिटर पाइप लाइनमा क्षति पुरयाएको नेपाल आयल निगम अमलेखगन्ज डिप्पोका प्रमुख प्रदीप यादवले जानकारी दिए । सडक विस्तारका क्रममा दिवा सपना जेभि कन्ट्रक्सन प्रालिको ना १ ख ७०२२ नम्बरको डोजरले माटो खन्ने क्रममा पाइपलाइनमा क्षति पुगेको यादवले बताए।

Advertisement

डोजरले माटो खन्ने क्रममा पाइपलाइन माथि गरिएको ढलान र इन्सुलेशन उप्किएको समेत यादवले बताए । पाइपको बाहिरी सतह पनि कोतरिएको बताउँदै उनले पाइपको भित्री भागमा क्षति नपुगेकाले सम्भावित ठूलो दुर्घटना हुनबाट जोगिएको दाबी गरे।

सडक विस्तारमा खटिएका मजदुर र प्राविधिकहरुको लापरवाहीले वीरगन्जमै एक महिनाको अवधिमा दोश्रो पटक पाइपलाइनमा क्षति पुगेको भन्दै यादवले यसमा सडकका ठेकेदारको चरम लापरवाही भएको दाबी गरे । पाइपलाइनमा क्षति पुगेको खबर पाएलगत्तै अमलेखगञ्जबाट यादव निगमका प्राविधिकहरु लिएर घटनास्थलमा पुगेका थिए । उनीहरुसँगै नेपाली सेना र नेपाल प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो ।

More News last news
Loading...