धनुषा । तराई मधेशमा अत्याधिक बढदै गएको शीतलहर र जाडोका कारण धनुषामा ६ दिनका लागि विद्यालयहरु बन्द गरिएका छन् ।
शीतलहर र कठ्याग्रिदो चिसोका कारण स-साना बालबालिकाहरुलाई विद्यालय जान कठिनाइ भइरहेको भन्दै शिक्षा विकास तथा समन्वय इकाईले मंसिर १३ गतेदेखि १८ गतेसम्म ६ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
इकाई प्रमुख बरखु प्रसाद रजकले सञ्चारकर्मीसँग कुरा गर्दै पुस १ गतेदेखि नै अत्यधिक चिसो भएकाे र घाम नलागेका कारण विद्यार्थीहरुको संख्यामा कमी हुन थालेपछि महिनाको मध्यमा आएर ६ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयाे ।
यसैबीच निजी विद्यालयका संघ संगठनहरुले पनि १४ गतेदेखि १६ गतेसम्म ३ दिनका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका प्याबसन र एनप्याबसन सहितका संघ संगठनहरुले जाडोमा विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भइरहेको भन्दै संयुक्त रुपमै तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
तराई मधेशका अधिकांश जिल्लाका पालिकाहरुले जाडोलाई मध्यनजर गर्दै धमाधम विद्यालय बन्द गर्दै आएकोमा धनुषामा भने अत्यधिक जाडो बढेको १३ दिन बितिसक्दा पनि विद्यालय बन्द गर्ने निर्णय भएकाे थिएन ।
अहिले भने शिक्षा विकास तथा समन्वय इकाई समितिले नै विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
