काठमाडौं। चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपूतले फिल्ममा डेब्यू गर्ने भएका छन्।
‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका गायक सपूतले नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’को सिक्वेल ‘परदेशी २’बाट प्रकाशले हिरोको रुपमा डेब्यू गर्ने भएका हुन् ।
फिल्ममा प्रकाशका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ। उनीसँग पनि केही दिनअघि कागजी सम्झौता भईसकेको छ। रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथा निर्माण हुने फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ। २०७२ सालमा प्रदर्शनमा आएको ‘परदेशी’ सुपरहिट भएको थियो।
फिल्मको कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका थिए। गायक प्रकाशमा बाल्यकालदेखि नै हिरो बन्ने सपना थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
