नयाँ बर्षको अवसरमा धुलिखेल जीपलाइनमा बिशेष छुट 

काठमाडौं । पछिल्लो समय पर्यटकीय गन्तव्य धुलिखेलमा ‘जीपलाइन’ आकर्षण बनेको छ ।

‘पिकनिक’ र हिमश्रंखला हेर्न बाहेक धुलिखेलमा साहसिक खेल ‘जीपलाइन’ सञ्चालन भएपछि पर्यटकहरु वढेका छन् । अंग्रेजी नयाँ बर्ष र भिजिट–२०२० को अवसरमा पर्यटकहरुलाई लक्षित गरेर धुलिखेल जीपलाइनले बिशेष छुटको अफर ल्याएको छ ।

Advertisement

नयाँ बर्षलाई लक्षित गरेर सबै प्रकारका जीपलाइनमा २० प्रतिशत सम्म छुट दिईने सञ्चालक भूपेश श्रेष्ठले जानकारी दिए । नयाँ बर्ष र पर्यटन बर्षमा धुलिखेल घुम्न आउनेहरुका लागि साहसिक खेलप्रति आकर्षित गर्न बिशेष छुटको ब्यबस्था गरिएको श्रेष्ठले बताए ।

यसका साथै हालसालै धुलिखेल जिपलाईनले सञ्चालनमा ल्याएको रिसोर्टमा समेत २० प्रतिशत छुटको व्यबस्था गरेको छ । जसअनुसार स्टान्डर रुमको २५ सय, कपल रुमको ४५ सय र फेमिली रुमको ७ हजार तोकिएको छ ।

तल उल्लेखित हालको शुल्कमा नयाँ बर्षको अवसरमा २० प्रतिशतले छुट हुनेछ ।

क्लासिक जिपलाइन

नेपालीः  २५ सय रुपैयाँ

सार्क देशका नागरिकः  ३० डलर

अन्य देशका नागरिकः ३५ डलर

सुपरम्यान जिपलाइन

नेपालीः ३५ सय रुपैयाँ

सार्क देशका नागरिकः  ४० डलर

अन्य देशका नागरिकः  ४५ डलर

टेन्डम जिपलाइन

नेपालीः  ४५ सय रुपैयाँ

सार्क देशका नागरिकः  ५० डलर

अन्य देशका नागरिकः  ६० डलर

More News last news
Loading...