काठमाडौं । समृसमयमा भारतले नेपाली सीमा मिचेको कुरा बाहिर आउँने गर्छ । तर अहिले नेपालले ति संरचना भत्काउन थालेको छ ।
नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीको संयुक्त पहलमा रौतहटको दशगजा क्षेत्रमा बनाइएका भौतिक संरचना भत्काउन थालिएको छ ।
सीमा क्षेत्रमा निर्माण भएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन सुरु गरिएको हो । जंगे, मझौला तथा साना पिल्लरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका भौतिक संरचना भत्काइएको हो ।
पुस ६ गते सशस्त्र प्रहरी बल ११ नम्बर गणका गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधिको बैठकले दशगजा क्षेत्रमा रहेका भौतिक संरचना हटाउने निर्णय गरेको हो।
साही निर्णयअनुसार शुक्रबारदेखि रौतहटको पश्चिमी सीमा क्षेत्रबाट काम सुरु गरिएको जानकारी दिइएको छ।
दशगजा क्षेत्रको अधिकांश भूभागलाई दुवैतर्फका स्थानीयवासीले निजी कामका लागि प्रयोग गर्दै आएका थिए। भारतीय नागरिकहरुले दशगजामा रहेका भूभागलाई खेतका रुपमा समेत प्रयोग गर्ने गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
