गण्डकी प्रदेशमा पुष १५ गते सार्वजनिक बिदा

तालचोक । गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले पुष १५ मा सार्वजनिक बिदा दिने भएको छ ।

बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गुरुङ समुदायको विशेष चाड ल्होसारलाई मध्यनजर गर्दै पुष १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।

Advertisement

सरकारले गुरुङ समुदायको पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय बिदा कटौती गरेको  भन्दै तमु ह्युल छोंज धिंको अगुवाइमा गुरुङ समुदायद्ले पोखरामा गत आइतबार प्रदर्शन समेत  गरेका थिए ।

More News last news
Loading...