राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो

काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् ।

आयोगले आज विज्ञप्ति जारीगरी प्रदेश नं २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल तोकिएको जनाएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता रहेका छन् ।

Advertisement

प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन् । गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् । प्रदेश नं ५ को दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् ।

More News last news
Loading...