काठमाडौँ । अंग्रेजी वर्ष २०१९ को अन्तिम खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार ०८ः४२ बजेदेखि ग्रहण सुरु भएको हो ।
११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ । ज्योतिषी दीपक सुवेदीका अनुसार यतिबेलाको उक्त ग्रहणको बढी असर हुनसक्ने हुन्छ । यसै पनि ग्रहण संक्रमणकारक हुने बताउँदै उनले भने, ‘सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै, त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।
जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरीत फलको भय हुनसक्ने देखिन्छ ।’ सूर्यग्रहणलाई खाली आँखाले र सोलार फिल्टर जडान नगरिएका टेलिस्कोप, बाइनाकुलनजस्ता यन्त्रबाट समेत अवलोकन गर्नु नहुने बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको ठहर छ ।
यसरी हेरेमा आँखा सदाका लागि बिग्रने सम्भावना हुन्छ । एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नुहुँदैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
