काठमाडौं । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसकी विद्यार्थीलाई यात्रुवाहक बसले ठक्कर दिएर मृत्यु भएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले बिबिएस पढ्दै गरेकी २१ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो। बाटोमा हिँडिरहेको बेला बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पन्तलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।
उपचारका क्रममा पन्तको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले जनाएको छ । आफ्नी साथीलाई बसले ठक्कर दिएपछि विद्यार्थी आक्रोशित भएका छन् ।
उनीहरूले बा ४ ख ७१०१ नम्बरको बसमा आगो लगाइदिएका छन् । ‘ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
