तनहुँ । भिमाद नगरपालिका वडा नं ६ मालेबगरमा सञ्चालित भिमाद एफ.एमको अध्यक्षमा चुणामणी खनाल सर्वसम्मत भएका छन् ।
शनिवार सम्पन्न एफ एमको प्रथम साधरण सभा तथा अधिवेशनले खनालको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक कार्यसमिति चयन भएको हो । संचालक समितीको उपाध्यक्षमा गोपालप्रसाद पराजुली, सचिवमा राजेश खनाल, कोषाध्यक्षमा संगिता राना मगर, सह–सचिवमा अनिल श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यमा चित्रबहादुर गुरुङ, नारायण पोखरेल, श्याम तिवारी, सम्झना सुवेदी, सुजन राना, मिलन आले, माधव लम्साल, शालिकराम सुनार सर्वसम्मत चयन भए । यस्तै लेखा समितिमा शिवदत्त चापागाई, सरोज गौतम र किरण गिरी चुनिए । अध्यक्षमा निर्वाचित खनाल नेपाल बिद्यार्थी संघ तनहुँका अध्यक्ष एवं काँग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् । साधारण सभाको उद्घाटन गर्दै पूर्व मन्त्री एवं काँग्रेस नेता शंकर भण्डारीले जनतालाई सुनचा प्रदान गर्न एफ एम, रेडियोले महत्वपूर्ण भूमिका खेलेको भन्दै आम तनहुँबासी जनतालाई स्वच्छ, निस्पक्ष समाचार सम्प्रेषण गर्न भिमाद एफ एम सधै अगाडी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भिमाद एफ.एमका अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षता सम्पन्न भएको साधरणसभा तथा अधिवेशनमा सिद्धगुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदी, जनज्योती माविका अध्यक्ष काजीमान श्रेष्ठ, बरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, अमेरिकी दूताबासका संचार संयोजक अपार पौडेल, भिमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशी, समाजसेवी डा. देवबहादुर थापा लगायते एफ.एमले जनताको सरोकारका बिषय र विकास निर्माणका बिषयलाई उजागर गर्नुपर्नेमा जोड दिए ।
१००० मेगावट क्षमता भिमाद एफ।एम भिमाद नगरपालिका वडा नम्बर ६ मालेबगरमा स्टुडियो र भिमाद ५ मिछुर्लुङ्ग डाडाँमा प्रसारण केन्द्र रहेकाले गण्डकी प्रदेशकै लोकप्रिय मध्येको एफ.एम मानिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
