चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको हृदयघातका कारण निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ ।

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ । भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो ।

Advertisement

चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले  उनले पार्थिव शरीर सोमबार बिहान २ बजेपछि लचित्र विकास वोर्डको कार्यालयमा श्रदाञ्जलीका लागि राखिने जानकारी दिए । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनको हृदयघातका कारण निधन भएको जनाईएको छ ।

भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए। करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्।

More News last news
Loading...