काठमाडौं । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थीहरु चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा कम्तिमा १४ जनाको जयान गएको छ ।
अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकखण्डको ६ किलो भन्ने ठाउँमा आइतबार बिहान बस पल्टिँदा १४ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिले उद्धारको काम भैरहेको र घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
कालिञ्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो । यस बारेमा थप विवरण आउन बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
