काठमाडौं। ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले लन्डनमा जारी मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड हात पारेकी छिन् ।
सामाजिक सन्जाल मार्फत अनुष्काले भोटिङका आधारमा हुने मल्टिमिडिया अवार्ड आफुले जितेको जानकारी दिएकी हुन् । यही १४ डिसेम्बेर १४ अर्थात आउँदो शनिवार ‘मिस वर्ल्ड’ को फाइनल हुदैछ ।
१ सय २४ देशका सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीतमा नेपालको प्रतिनिधित्व अनुस्काले गरिरहेकी छिन् । अनुष्काले हेड टू हेडमा समेत जित हात पार्दै टप ४० मा स्थान पक्का पारिसकेकी थिइन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
