बिहीबारको सार्वजनिक बिदाबारे गृहबाट यस्तो निर्णय

काठमाडौं । बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने नदिईएको गृह मन्त्रालयले जनाएको छ ।

किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै अन्यौलमा परिरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।

Advertisement

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए। सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ ।

More News last news
Loading...