भारतसँग पराजित भएपछि प्रशिक्षकको राजीनामा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्।

पोखरामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

Advertisement

घरेलु मैदानमै भएको सागमा स्वर्ण जित्ने लक्ष्यसहित तयारी थालेको महिला टोली पुनस् फाइनलमा पराजित हुन पुगेपछि प्रशिक्षकले राजीनामा दिएका हुन् ।

यसअघि फागुनमा भएको साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । प्रशिक्षकबाट राजीनामा दिएका खड्काले एन्फासँगको सहकार्य निरन्तर रहने बताएका छन् ।

More News last news
Loading...