काठमाडौँ । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ ।
सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले आज एक बिज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले पुस १७ गतेभित्र दरखास्त दिन सक्नेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
